मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेको दुईजनालाई जिल्ला प्रहरी कार्यालय परिसरमा सार्वजनिक गरिँदै ।

हेटौंडाः मोटरसाईकल चोरीको अभियोगमा मकवानपुुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–३ का २३ वर्षीय टोप बहादुर वाईबा र २० वर्षीय अरुण मोक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार मकवानपुरको बागमती गाउँपालिका–२ राईगाउँका छविलाल बोम्जनको आफ्नो घर अगाडि पार्किङ गरी राखेको बागमती प्रदेश ०३–००३ प ३१३० नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई हिरासतमै राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट १५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।