Home खेलकुद हेटौंडाको सहीद स्मृति फुटबल माघ १६ गतेदेखि

हेटौंडाको सहीद स्मृति फुटबल माघ १६ गतेदेखि

हेटौंडाः मकवानपुरका स्थानीय तहहरुको आयोजनामा हेटौंडामा माघ १६ गतेदेखि सहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशका विभन्नि ६ वटा प्रतियोगिताको तालिका बुधबार सार्वजनिक गर्ने क्रममा हेटौंडामा हुने सहीद स्मृति प्रतियोगिताको तालिका पनि सार्वजनिक गरेको हो ।

माघ १६ गतेबाट सुरु हुने प्रतियोगिता २६ गतेसम्म चल्नेछ । जिल्ला समन्वय समिति मकवानपुरको समन्वय, मकवानपुरका स्थानीय तहको आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको व्यवस्थापनमा प्रतियोेगिता आयोजना हुनेछ । प्रतियोगिता ए डिभिजन लिग खेल्ने टिमहरुको सहभागिता रहनेछ ।

एन्फाले पोखरामा हुने आहा रारा गोल्डकप माघ ६ गतेदेखि १५ गतेसम्म, बुटवलमा हुने तिलोत्तमा गोल्डकप र इटहरीमा हुने इटहरी गोल्डकप फागुन १४ गतेदेखि २१ गतेसम्म आयोेजना गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै एन्फाले पोखरा गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म र सिमरा गोल्डकप फागुन २६ गतेदेखि चैत ५ गतेसम्म आयोजनाका लाति मिति तोकिदिएको छ ।

Exit mobile version