हेटौंडाः बागमती प्रदेशको कृषि, पशुपन्छी तथा मत्स्य मन्त्री बसुन्धरा हुमागाईले आफु इमान्दार भएको बताउनुभएको छ । उहाँले आफु इमान्दार भएकै कारण आफ्नो मन्त्रालयमा पारदर्शिता कायम गर्ने बताउनुभएको हो ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई टुक्राएर बनेको कृषि , पशुपन्छी तथा मत्स्य मन्त्री हुमागाईले आफु कृषि क्षेत्रको व्यक्ति भएको कारण काम गर्न सहज हुने बताउनुभयो । मन्त्री भएको १० दिन सम्म मन्त्रालयको बारेमा अध्ययन गरेको बताउँनुहुँदै उहाँले आफ्नो मन्त्रालयले चालू वर्षमा गर्न सक्ने ५१ बुँदे मार्गचित्र–२०७८ तयार पारेको बताउनुभयो ।

बागमती प्रदेशमा आवश्यकता र माग अनुसार अनु्दान लगायत भौतिक संरचना तथा कृषकको हितको लागि काम हुने बताउनुभयो । काम नगर्ने ठेकेदारको विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने बताउँदै समग्र प्रदेशमा कृषकको हितको लागि काम गर्ने बताउनुभयो । मन्त्तालयका सचिव शरण कार्कीले बुधबार पत्रकार सम्मेलन गर्दै ५१ बुँद्धे मार्गचित्र सार्वजनिक गर्नुभएको थियो । बागमती प्रदेशले प्रदेश कृषि विकास ऐन तर्जुमा गर्ने, प्रदेश पोल्ट्री विकास बोर्ड स्थापना गर्ने, रासायनिक मल भण्डार कक्ष निर्माण गर्ने जस्ता महत्वपूर्ण विषयहरु समेटेर ५१ बुँदे मार्गचित्र तयार पारेको छ ।