सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी–७, सुकौरामा एकजना पुरुष मृत फेला परेका छन् । शुक्रबार विहान सडक छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

करिब २५–३० वर्ष उमेरका पुरुषको शव पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । पोष्टमार्टमका लागि शवलाई हेटौंडा अस्पताल ल्याइने उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।