हेटौंडाः मकवानपुर प्रहरीले गाँजा जस्तो देखिने पदार्थसहित राक्सिराङ–९ का कृष्ण कुमार सुनारलाई पक्राउ गरेको छ ।
गएराति मनहरी–९ स्थित पूर्व पश्चिम लोकमार्ग सडकको किनारामा शंकास्पद हिंडिरहेको अवस्थामा उनले बोकेको झोलामा प्रहरीले १० किलो १ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारेको थियो । प्रहरीले सुनारलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।