हेटौंडाः मकवानपुरमा सोमबार एक दिने ब्यूटिसियन सम्बन्धी सेमिनार भएको छ । सेमिनारको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले उद्घाटन गर्नुभयो । मकवानपुरमा सञ्चालित युनिक हर्बल उद्योगको आयोजनामा जिल्लाका सौन्दर्यकर्मीहरुसँग एक दिने सेमिनार आयोजना भएको हो ।
प्रमुख अतिथि उपमेयर मिना लामाले पार्लर भन्नेवित्तिकै राम्रो बन्ने भन्ने बुझिने बताउनुभयो ।

उहाँले पार्लर खोलेर व्यक्तिगत सरसफाइका साथै अरुलाई पनि राम्रो बनाउने, साथै दुई पैसा आम्दानी पनि हुने गरेको बताउनुभयो । स्वरोजगार बन्न पार्लरले धेरै सहयोग गरेको उहाँको भनाई छ । उपमेयर लामाले हेटौंडा उपमहानगरपालिकाले पनि ब्यूटिसियन सम्बन्धी निशुल्क तामिल दिएर हेटौंडामा ब्यूटिसियनहरु उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले राम्रो बन्नको लागि जुनसुकै कम्पनिको सामग्रीहरु प्रयोग गर्न नहुने भन्दै जिल्लामा उत्पादन भइरहेको हर्वल उद्योगहरुले आफ्नो उत्पादन गुणस्तर बनाउनुपर्नेमा जोड दिनुभयो । युनिक हर्वललाई संकेत गर्दै उहाँले राम्रो सामग्री उत्पादन भएको विश्वास लिएको बताउनुभयो । उपमेयर लामाले लामो समय सम्म प्रभावकारी हुने प्रोडक्टका सामग्री नै सौन्दर्यकर्मीहरुले प्रयोग गर्नुपर्ने बताउनुभयो । हेटौंडा उपमहानगरले घरेलु हर्वल उद्योगलाई संचालन गर्न आवश्यक सहयोग समेत गर्ने उहाँले बताउनुभयो ।

मकवानपुर ब्यूटिसियन संघका अध्यक्ष रिना गौतमको सभाअध्यक्षतामा भएको कार्यक्रममा युनिक हर्वल उद्योगका सिइयो रमेश कुमार आचार्य, राष्ट्रिय सौन्र्दयकर्मी बागमती प्रदशको अध्यक्ष गिता मैनाली लगायत जिल्लामा भएका सौन्दर्यकर्मीहरुको उपस्थिति रहेको थियो ।