फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा मंगलबार १९ जनाले स्वाब नमुना संकलन गराएका छन् । सात जना महिला र १२ जना पुरुषले स्वाब नमुना संकलन गराएका हुन् ।

हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा १५ जनाले र चार जनाले हेटौंडा अस्पतालमा स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । केही दिन यता स्वाब संकलन गराउनेको संख्या बढ्न थालेको उहाँले बताउनुभयो ।