हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा बुधबार १६ जनाले स्वाब नमुना संकलन गराएका छन् । १० जना पुरुष र ६ जना महिलाले स्वाब नमुना संकलन गराएका हुन् ।
संकलन भएको स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
उहाँ अनुसार हिजो मंगलबारको तुलना आज बुधबार स्वाब संकलन गराउनेको संख्यामा कमी आएको छ । मंगलबार २८ जनाले स्वाब नमुना संकलन गराएका थिए ।