हेटौंडाः नेकपा माओवादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारी अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस प्लस टु अध्यक्षमा अंकित कार्की चयन हुनुभएको छ । मंगलबार हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा भएको सातौँ सम्मलेनले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
सम्मेलनलेको अध्यक्षका २८ विद्यार्थी कमिटी चयन गरेको छ । सम्मेलनबाट लाई उपाध्यक्षमा सरोज विक र आरती बर्तौला , सचिवमा अभिषेक थापालाई चयन गरेका छ ।
क्याम्पसका प्लस टुका अध्यक्ष निश्चल रसाइलीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष, तीर्थ थापा, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष श्रवण बर्तौला, अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष छोइसाङ लामा, अखिल क्रान्तिकारी बागमती गाउँपालिका कमिटीका अध्यक्ष निकाश भोलन, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर उपाध्यय, प्लस टु प्राध्यापक उत्तम अर्याल लगायतको आतिथ्यता रहेको थियो ।