Home मुख्य समाचार कांग्रेस बागमती प्रदेशको बाँकी पदाधिकारीको मतगणना सुरु

कांग्रेस बागमती प्रदेशको बाँकी पदाधिकारीको मतगणना सुरु

तस्बिर गुगल

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार सम्पन्न निर्वाचनको मतगणना अबको केहीबेरमा सुरु हुँदैछ । हेटौंडाको फरेष्ट्रि क्याम्पसमा शनिबार प्रदेश सभापति, उपसभापति, महामन्त्री, महिला तर्फ सह महामन्त्री, खुल्ला तर्फ सहमहामन्त्री लगायत सदस्य पदमा मतदान भएको थियो । प्रदेश सभापति पदमा भने आइतबार पनि दोस्रो चरणको मतदान भएको थियो । प्रदेश सभापतिमा आइतबार भएको मतदानको मतपरिणाम गएराति नै सार्वजनिक भएको थियो ।

सभापतिको मतगणना सकिएलगत्तै अब बाँकी पदाधिकारीको मतगणना गर्न लागिएको आयोजक कांग्रेस मकवापनुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । गएराति प्रदेश सभापतिको मतगणना फरेष्ट्रि क्याम्पसमा गरिए पनि आज अन्य पदाधिकारीको मतगणना स्थल परिवर्तन भएको छ । हेटौंडा–४ स्थित सगरमाथा पार्टी प्यालेशमा कांग्रेस बागमती प्रदेशको पदाधिकारीको मतगणना गर्न लागिएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिनुभयो ।

Exit mobile version