फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट सोमबार २१ जनाको स्वाब नमुना संकलन भएको छ । ७ जना महिला र १४ जना पुरुषले कोरोनाको पीसीआर परीक्षण गर्न स्वाब संकलन गराएका हुन् । उनीहरुको स्वाब नमूना कोरोना परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ ।

पछिल्लो दिनमा कोरोनाको पीसीआर परीक्षण गर्न आउनेको संख्या बढ्दै गइरहेको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । यसअिघ दैनिक १२ देखि १५ जनासम्मको स्वाब संकलन हुँदै आएको थियो ।