हेटौंडाः नेपाल अर्वुद (क्यान्सर) रोग निवारण संस्था मकवानपुर शाखाका अध्यक्षमा माधव अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको १९ औं साधारणसभा तथा अधिवेशनले अधिकारीको नेतृत्वमा उपाध्यक्षमा भिम तिमल्सिना र शंकरमान श्रेष्ठ, सचिबमा मनोज ढुंगाना, सहसचिबमा रामकुमार बिष्ट, सदस्यहरुमा गणेश कोईराला, डा. बलराम भट्ट, बुद्वराम श्रेष्ठ, लक्ष्मण महत, शोभा कुमारी बस्नेत, पुरुषोत्तम पौडेल, रबिन्द्र सिंह डंगोल, मान बहादुर लामा, उदय नारायण श्रेष्ठ चयन हुनुभएको छ ।
नेपाल अर्वुद (क्यान्सर) रोग निवारण संस्था मकवानपुर शाखाकी निवर्तमान अध्यक्ष कपिला जोशीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल अर्वुद (क्यान्सर) रोग निवारण संस्थाका महासचिव विमल कुमार होडा, उप–कोषाध्यक्ष प्रकाश खतिवडा, बागमती प्रदेश संयोजक गणेश कोईरालाको पनि उपस्थिति रहेको थियो । साधारणसभामा संस्थाका सचिब शंकरमान श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामकुमार बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।