सहयोग हस्तान्तरणपछि सामूहिक तस्बिर ।

हेटौंडाः परोपकार युवा संजाल नेपाल र दारी ग्याङ हेटौंडाद्वारा चितवन रत्ननगर–४ देबौलीमा रहेको राष्ट्रिय आधारभुत विद्यालयका ६४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । ७० हजार रुपैयाँको शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको कार्यक्रम संयोजक अजित खड्काले जानकारी दिनुभयो ।

स्कुल ब्याग, कापी, कलम, पानी पिउने बोतल र खाजाको लागि सहज होस् भनेर खाजा खाने टिफिन बक्स पनि वितरण गरेको उहाँले बताउनुभयो । १८ पिस पानी पिउने बोतल माता लक्ष्मि सप्लायर्सलाईले सहयोग गरेको थियो । यसैगरी चितवनकै सिद्धि छात्रबासमा खाद्यान्नको अभाव जानकारी पश्चात खाद्यान्न पनि वितरण गरेको खड्काले बताउनुभयो । वडा १० स्थित छात्रबासमा ४० जना बालबालिका आश्रित छन् ।