हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा रहेको भलिबल कोर्टको वरपरका मैदानमा रहेको झाडी सरसफाई गरिएको छ । भलिबल कोर्ट भएको क्षेत्रमा रहेको झाडीको सरसफाईमा कसैले चासो नदेखाएपछि मकवानपुर जिल्लाका विभिन्न स्थानका भलिबल प्रेमी तथा खेलाडीहरु मिलेर शनिबार चौर सरसफाई गरिएको हो ।
शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भलिबल कोर्ट क्षेत्रको झाडी सफा गरिएको थियो । जिल्लाको थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको नेवारपानी, पदमपोखरी, लामसुरे, चौघडालगायत स्थानका १०/१५ जना खेलाडी, प्रशिक्षक तथा भलिबल खेल प्रेमीहरुले झाडी सफा गरेका थिए ।