सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ मा आन्तरिक फुटबल प्रतियोगिता सुरु हुने भएको छ । ५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा शनिबारबाट फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा ५ नम्बर वडाभित्रका १४ बर्षमुनिका (यु–१४) र १४ बर्ष माथिका गरि २ विधामा प्रतियोगिता हुने वडा नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष दीपक वाईबाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि दुबै उमेर समुहका ८–८ वटा टिमको सहभागिता रहने अध्यक्ष वाईबाले बताउनुभयो । प्रतियोगिता लिग चरणमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत यु–१४ मा प्रथम हुने टिमले नगद १० हजार रुपैयाँ र द्वितीय हुने टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै १४ बर्ष माथिको प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ तथा द्वितीय हुने टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष वाईबाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।