हेटौंडाः हेटौंडा–१० स्थित टिसिएन रोडमा रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर पुँजी सवा २ करोड भन्दा बढी पुर्याएको छ । अर्थिक वर्ष २०७७÷०७८ को अन्त्यसम्ममा सहकारीको कुल शेयर पुँजी २ करोड ३३ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।
शनिबार भएको संस्थाको १३ औं वार्षिक साधारण सभा कार्यक्रममा संस्थामा ५ सय ९३ जना महिला र ६ सय ४९ जना पुरुष गरी कुल १ हजार २ सय ४२ जना शेयर सदस्य रहेको जनाइएको छ । गतवर्ष १ हजार ४ सय ७७ जना शेयर सदस्य भएकोमा सहकारी नियमावली बमोजिम एक व्यक्ति एक संस्थामा मात्र शेयर सदस्य बन्न पाउने प्रावधानका कारण केही सदस्यहरुले संस्थाबाट शेयर फिर्ता लिएको अध्यक्ष मिन बहादुर प्रधानले जानकारी दिनुभयो । यस्तै संस्थाको गत आ.व.मा कुल पुँजी १२ करोड ७९ लाख १० हजार २६ रुपैयाँ ६१ पैसा रहेको छ ।
सहकारीका अध्यक्ष प्रधानको सभाध्यक्षतामा भएको साधारण सभा कार्यक्रममा संस्थाका सल्लाहकार ललित बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताप सिं लामालगायतको आतिथ्यता रहेको थियो ।