हेटौैंडाः अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा सामाजिक सुरक्षा नागरिक नीतिगत अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया हेटौंडामा सम्पन्न भएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रमको नीतिगत अवस्था र सरोकारवालाको भूमिका बारे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका पुुर्व महानिर्देशक बसन्तराज गौतमलले प्रस्तुतीकरण गर्नुभएको थियोे । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौैडेलकोे सभाध्यक्षतामा भएको अन्तरक्रियामा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानकोे प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभाकी सदस्य जुनेली श्रेष्ठ, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौैलागाई, हेटौंडा उपमहानगरपालिकाको महिला शाखाका प्रमुख जगन्नाथ सापकोटा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रहरी निरीक्षक चुडा कुमारी खड्का, नगर किशोरी सञ्जालकी अध्यक्ष एलिसा खड्का लगायत विभिन्न संघ संस्थाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।