हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा मंगलबार ३ खेल सम्पन्न भएको छ । बागमती–४, झुरझुरेमा भएको खेलमा आयोजक बागमती–४ का सी, वडा नम्बर ७ र वडा नम्बर ५ ले विजय सुरुवात गरेको छ ।
आयोजक सीले वडा नम्बर ३ लाई २–० गोलले, वडा नम्बर ७ ले वडा नम्बर ८ लाई १–० ले र वडा नम्बर ५ ले आयोजक बीलाई ५–१ को फराकिलाले गोल अन्तरले हराएको प्रतियोगिताका संयोजक मुक्ति लामाले बताउनुभयो ।
प्रतियोगिता अन्र्तगत भोलि बुधबार २ खेल हुनेछ । प्रतियोेगिताको फाइनल खेल मंसिर ४ गते हुनेछ । प्रतियोगितामा प्रथम टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र द्वितीय हुनेले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।