हेटौंडाः बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले विकास विरोधी निर्णयले देशलाई माया गर्ने नेपाली नागरिकहरुलाई प्रहार गरेको बताउनुभएको छ । बागमती प्रदेशको गठबन्धनको सरकारले सुरुङमार्ग निर्माण कार्य र विद्युतीय बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएको खबरले अत्यन्तै मर्माहित र आक्रान्त बनाएको भन्दै पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार एक प्रेस विज्ञप्ती जारी गरेका गर्नुभएको छ ।

सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्यावासी एमाले सरकारले पाउँने र देश एमाले मय बन्न भन्ने क्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको राष्ट्रविरोधी निर्णयको तिव्र र सशक्त विरोध जनाउन नागरिकसँग पौडेलले अपिल गर्नुभएको हो ।

‘प्रदेशको गौरवको आयोजना सुरुङमार्ग,विद्युतीय बस खरिद प्रक्रिया रोक्नु राजनीतिक बेइमानी मात्र नभएर राष्ट्रप्रतिको गद्धार पनि हो । देशको राजधानी जोड्ने हरेक मार्गहरु घुमाउरा बनाउनुपर्ने, सिधा र दु्रतमार्गहरु बनाउनै नहुन स्वार्थ बोकेको विदेशी व्यापारीहरुको दास बनेर देशलाई गरिब बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित यस्ता राष्ट्रघात िनिर्णय सञ्चाउन र अघिल्लो सरकारले सुरु गरेको दीर्घकालीन रुपमा देशलाई फाइदा हुने कामहरु प्राथमिकतासहित सम्पन्न गर्न जोडदार माग गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ ।