हेटौंडाः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै हेटौैंडामा कानुन व्यवसायीहरले सोमबार पनि विरोध प्रदर्शन गरेको छ । मकवानपुर जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत पाटन हेटौंडा बारले अदालत परिसरमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो ।
केन्द्रीय बारको निर्णयअनुसार हिजो आइतबारबाट बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर वकिलहरुले अदालत अगाडि धर्ना दिँदै आएको मकवानपुर जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष ऋषी केबीले बताउनुभयो । बारले मंगलबारसम्म बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको उहाँले बताउनुभयोे ।