हेटौंडाः हेटौंडा अस्पतालमा ४ दिनको अवधिमा ३० जना गर्भवतीले प्रसुती सेवा लिएका छन् । भाइटिकाको दिनदेखि मंगलबारसम्म ३० जना महिलाले प्रसुती सेवा लिएको हेटौंडा अस्पतालका प्रसुती गृहका सिनियर स्टाफ नर्स देवकी खतिवडाले जानकारी दिनुभयो ।

यस्तै ३० जना मध्ये २० वर्ष भन्दा कम उमेरमा प्रसुती गराउने २ जना रहेको उहाँले बताउनुभयो । हेटौंडा– १४ नम्बर वडाका २ जना महिलाले १८ वर्षमा पहिलो सन्तान जन्माएका हुन् । कम उमेरमै प्रसुती गराए पनि प्रसुतीका क्रममा कुनै जटिलता भने नभएको उहाँले जानकारी दिनुभयो । प्रसुती सेवा लिने ३० जना मध्ये कसैको पनि शल्यक्रिया गर्नु नपरेको पनि स्टाफ नर्स खतिवडाले बताउनुभयो ।