पहरी घरपरिवारलाई खाद्यान्न सहयोग गरिदैँ ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा सुत्केरीलाई खाद्यान्न सहयोग गरिएको छ । बागमती–१ स्थित भैैंसेका सुत्केरी काली मायाँ पहरीलाई खाद्यान्न सहयोग गरिएको हो ।

नेकपा माओवादी केन्द्र बागमती–१ का अध्यक्ष डोरबहादुर थापा, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिकाका सदस्य आशिष बल, विद्यार्थी नेता दीपक वाईबाको सयुक्त टोलीले सुत्केरी पहरीलाई सहयोग गरिएको जनाएको छ ।

सुत्केरीलाई २ वटा लोकल कुखुरा, एक बोरा चामल, नुन र तेल जस्ता खाद्यान्न सामग्री सहयोग गरिएको हो । पहरीको घरको आर्थिक अवस्था केही कमजोर भएकाले सहयोग गरिएको बताइएको छ ।