हेटौंडाः हेटौंडा–१९ स्थित नेवारपानीमा देउसीभैलो खेल्ने क्रममा बसको ठक्करबाट घाइते भएकाहरु सबैजना डिस्चार्ज भएका छन् । चितवन मेडिकल कलेजमा उपचाररत ३ जना र हेटौंडाको चुरेहिल अस्पतालमा उपचाररत ५ जना घाइते डिस्चार्ज भएको होे ।

शनिबार राति हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०९३६ नम्बरको बस अनियन्त्रित भई देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै ज्यान गएको थियो भने ९ जना घाइते भएका थिए । घाइतेमध्ये १ जना शनिबार नै सामान्य उपचारपछि डिस्चार्ज भएको थिए ।

हरीले बस चालक रौतहट जिल्लाको चन्द्रनिगापुर नगरपालिका–६ का अमित कुमारलाई सोही दिन पक्राउ गरेको थियो । बसले ठक्कर दिएपछि स्थानीयहरुले बसमा आगजानी समेत गरेको थियो ।