हेटौंडाः मकवानपुरको चिसापानी गढीको वटुक भैरव मन्दिरमा महिलालाई प्रवेश निषेध छ । आफ्नो इच्छाअनुसार महिलाहरु प्रवेश गर्न चाहेमात्र प्रवेश गर्ने पाउँछन् । परापूर्वकालदेखि महिलाहरुलाई प्रवेश निषेध भएको वटुब भैरव मन्दिरका पुजारी मान बहादुर पौडेलले बताउनुभयो ।
उहाँ मन्दिरमा २०६१ सालदेखि पुजारीको रुपमा हुनुहुन्छ । लडाईको समयदेखि नै महिलालाई निषेधा हुँदै आएको उहाँले जानकारी दिनुभयो । ०६१ सालयता सिमित महिलाहरु मात्र मन्दिरमा प्रवेश गरेको उहाँको भनाई छ ।
चिसापानी गढीमा रहेको काली तोप पड्कीदा त्यस वरपर भएका महिला, पशुहरुको गर्भ तुहिएको कारण महिलाहरु यहाँ नआउने सुन्दै आएको उहाँले बताउनुभयो । महिलाहरु मन्दिर प्रवेश गर्दा उनीहरुको स्वास्थ्य बिग्रने लगायत क्षति हुने गरेको घटनाहरु रहेकोले महिलाहरु प्रवेश गर्दैनन् । मन्दिरभित्र वटुक भैरव सँग पृश्वीनारायण शाहले पड्काएको ऐतिहासिक तोप र तोपका गोलाहरु राखिएको छ ।

युद्धकालिन समयमा तोप पड्किदा यस्तो समस्या आएपनि अहिले युद्धको अवस्था नहुँदा महिलाहरु प्रवेश गर्न मिल्ने भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले जानकारी दिनुभयो । महिलाहरु गढी भित्र प्रवेश गरेपनि बटुक भैरव मन्दिरमा भने प्रवेश गदैनन् ।