हेटौंडाः देशको प्रधानमन्त्रीले प्रधानन्यायाधीससँग सेटिङ गर्दा सर्वाच्च अदालत आज ध्वस्तभइरहेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । तलाई यो राजदुत दिन्छु, यो आयुक्त दिन्छु ल मेरो कुरा मान, संबैधानिक परिषद्को ऐन फेरेको पनि मान, संवैधानिक परिषद्लाई ध्वस्त पारेको, संविधानको आत्मामाथि प्रहार गरेको त साक्षी बसिदे भनेर प्रधान्यायाधीसलाई प्रधानमन्त्रीले सेटीङ गरेको भन्दै पौडेलले आक्रोश पोख्नुभएको छ ।

त्यही सेटीङको समस्याले आज सर्वोच्च अदालतको यो अवस्था आएको उहाँको भनाई छ । ‘आज के भइरहेको छ । यो अवस्थामा किन पुग्यो । आज हामीले जनतालाई अपिल गर्ने हैसियत गुमाइसकेका छौं । जनतालाई अपिल गर्ने हैसियत गुमाइसकेको नेताको हालत कस्तो हुन्छ, त्यो पार्टीको हालत कस्तो हुन्छ ? पौडेलले प्रश्न गरे ।

नैतिकताको अधिकार नै गुमाएर नेतृत्व गर्ने भन्दै कांग्रेस पार्टी अध्यक्ष शेरबहादुर देउवालाई उहाँले ब्याङ्ग्य गर्नुभयो । जबरजस्ती कृत्रिम नेतृत्व गर्ने, देशमा यत्रो परिवर्तन आइसक्यो । परिवर्तनको विपरित आचरण र बल देखाएर नेतृत्वमा हाबी भइरहने, उहाँले भन्नुभयो ।

पटकपटक असफल भएर पनि नेतृत्वमा हाबी भइरहने । यही हो लोकतन्त्र । यसका लागि लडेका हुन सहिदहरु । आज प्रश्न उठेको छ । यस्तोे नेतालाई सधै किन बोकेर हिड्नुपर्‍यो भन्दै पार्टी अध्यक्ष शेरबहादुर देउवा निकट मकवानपुर पार्टी सभापति इन्द्र बानियाँ र केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनालाई पौडेलले भने, सधै आँखा चिम्लेर सधै मेरो मान्छे भनेर बोकेको बोक्यौ गर्ने हो त ?

मंगलबार कांग्रेस मकवानपुरले आयोजना गरेको दीपावली, छठ तथा नेपाल संम्बतको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले पाँच साढे पाँच वर्षसम्म केन्द्रिय समिति र प्रदेश समितिको चुनाव गर्न नसक्ने पार्टीले आगामी निर्वाचनमा भाग लिने कानुनी हैसियत हुने की नहुने प्रश्न गर्नुभयो । अधिवेशन गरेर चुनाव नगरे पार्टीले आगामी निर्वाचनमा उम्मेदवारी दिने कानुनी हैसियत नहुने निर्वाचन अधिकारीहरुले संकेत गरिसकेको पौडेलको भनाइ थियो ।

‘अहिले तरुण दल के गरिरेहको छ । विद्यार्थी संघ कता छ । महिला संघ कता छन् । दलित संघ के गर्देछ ।’ अब हुने महाधिवेशनपछिको नयाँ नेतृत्वले सबै भातृसंगठनहरुको अधिवेशन र चुनाव गराउनुपर्ने पौडेलले बताउनुभयो ।