हेटौंडाः हेटौंडा अस्पतालमा पहिलो पटक दुरविन प्रविधिबाट नाकको शल्यक्रिया गरिएको छ । अस्पतालमा कार्यरत ईएनटी सर्जन डा. अनुपमराज उपाध्याय र अनुपम सञ्जेलमार्फत् राक्सिराङ गाउँपालिकाका १३ वर्षीय बालक शिव स्याटघानीको शल्यक्रिया गर्न सफल भएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
यसअघि अस्पतालमा दुरविन प्रविधिबाट पेटको र पित्तथैलीको शल्यक्रिया गर्ने गरिएकोमा पहिलो पटक नाकको शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । अहिलेको शल्यक्रिया सफल भएपछि अब अस्पतालमा आउने नाक, कान, घाँटीका बिरामीलाई अस्पतालमा दुरविन प्रविधिबाट शल्यक्रिया गरिने सापकोटाले बताउनुभयो ।