हेटौंडाः बाल अधिकार चेतना समूह हेटौंडा–१ को आयोजनामा अमर माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले गठनन गरेको समूहले पठन संस्कृतिको आवश्यकता र महत्व विषयमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

१४ जनाको सहभागिता रहेको प्रतियोगितामा जेनिशा खुलाल प्रथम, सुबिना विक द्वितीय, सुस्मिता ढुंगाना तृतीय र सुजिना थापा तथा पुष्पा थापा सान्त्वना भएका छन् ।

समूहकी अध्यक्ष सन्श्री लामाको सभाध्यक्षतामा सञ्चालित प्रतियोगितामा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरु मानबहादुर लामा र उमाकान्त गौतम, प्रधानाध्यापक मालती उप्रेती, सहायक प्रधानाध्यापक विश्वराज भण्डारी, शैक्षिक संयोजक रमेश बर्तौला, बाल अधिकार सचेतना समूहकी सहजकर्ता सलिना गौतम, निर्णायक डीबी बर्ताैलालगायतको उपस्थिति थियो । समूह उपाध्यक्ष कृतिका खुलालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा बिनु विकले सञ्चालन गर्नुभएको थियो । समूहले बिहीबार नै आधारभूत तहमा चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । चित्रकलाको नतिजा शुक्रबार सार्वजनिक हुने बताइएको छ ।