कार्यक्रममा सहभागिहरु

हेटौंडाः नेपाली कांग्रेस निकट नेपाली लेखक संघले वैैचारिक विमर्श कार्यक्रम गरेको छ । शनिबार हेटौंडामा भएको कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष डा. नवराज लम्साल प्रमुख वक्ताको रुपमा रहनुभएको थियो ।

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यकोे सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष डा. लम्सालले लेखकले सधैै अस्तित्वको खोेजी गर्नुपर्ने बताउनुभएको छ । लेखकले चिन्ता नभई चिन्तन गर्नुपर्ने उहाँले बताउनुभयो । लेखक सधैं लोक कल्याणकारी हुनुपर्ने र लोक कल्याणकै लागि कलम चलाउनुपर्ने लम्सालले बताउनुभयो ।

कार्यक्रममा नेता बानियाँले नेपाली लेखक संघ मकवानपुुरलाई अक्षयकोष निर्माण गर्न ५० हजार दिने घोषणा गर्नुभएको छ । अहिले नेतृत्व गरिरहेकोे नेपाली लेखक संघ मकवानपुरका समितिहरुले विभिन्न सामाजिक सञ्जालहरु वा अन्य माध्यमबाट कांग्रेसको विचार र सिद्धान्तलाई प्रकाशन प्रसारण गरे संघका लागि जग्गा, भवनकोे व्यवस्था गर्न सकिने नेता बानियाँले सुझाव दिनुभयो । नेता बानियाँले मुलुकमा लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि लेखकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सच्चा लेखकहरुले निष्पक्ष ढंगबाट समाजका विभिन्न विषयमाथि कलम चलाउनुपर्ने नेता बानियाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेस मकवानपुरका विभिन्न वडाका सभापतिहरुको उपस्थिति रहेको थियो ।