हेटौंडाः हेटौंडामा आँखा शिविर हुने भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पताल र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा शनिबार बिहान ९ बजेदेखि २ बजेसम्म एकदिने शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।
हेटौंडा–१४ स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा आँखा शिविर हुनेछ । शिविरमा पहिचान भएका मोतीविन्दुका रोगीलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने र बिरामीलाई आवासको व्यवस्थासमेत गरिदिने भएको सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । शिविर आउने बिरामीको परीक्षण गरेर मोतीविन्दुका रोगीको विवरण तयार गरी अस्पतालबाट उपचारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।