हेटौंडाः तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो जिल्ला अधिवेशनले जयराम मुक्तानको अध्यक्षतामा ९ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा सुनु थिङ, सचिवमा सन्देश थिङ, सहसचिवमा सुनसानी थिङ, कोषाध्यक्षमा भुवन घलान, सदस्यमा रविन्द्र वाईबा, जमुना थिङ, इमान घलान र मेनुका बललााई सर्वसम्मत चयन गरेको छ ।
यस्तै, प्रदेश प्रतिनिधिमा नवराज वाईबा, दिल लामा, अमर लामा, जयराम मुक्तान र केन्द्रीय प्रतिनिधिमा जयराम मुक्तान, जनक तामाङ, आदर्श सिं थोकरलाई चयन गरिएकोे छ । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जनक तामाङको सभाध्यक्षतामा कार्यक्रम भएको होे ।
कार्यक्रममा हेटौैंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।