हेटौंडाः वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले विद्यालयका विद्यार्थीलाई जडीबुटीसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । सोमबार केन्द्रले हेटौंडा–१५ स्थित वनदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई जडीबुटीसम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा विद्यालय तहका विद्यार्थीले आफ्नो वरपरका वनजंगलमा पाइने विभिन्न प्रकारको जडीबुटीको बारेमा जानकारी प्रदान गरिएको थियो । विद्यार्थीलाई जडीबुटीको उपयोग र फाइदाबारेसमेत जानकारी गराइएको थियो । कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको प्रमुख अतिथ्यता रहेको थियो ।
यस्तै, केन्द्रले आइतबार हेटौंडा–१३ स्थित युगचेतना आधारभूत विद्यालयमा जडीबुटीसम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक डिम्डुङको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा विद्यालयका विभिन्न कक्षामा अध्ययरत ७० जना विद्यार्थीलाई जडीबुटीको उपयोग तथा फाइदाबारे जानकारी दिइएको थियो । कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष तेजकुमार स्याङ्तानलगायतको उपस्थिति रहेको थियोे ।