सांकेतिक तस्बिर ।

हेटौंडा : मकवानपुरमा आइतबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६ जनामा गरिएको पिसीआर परिक्षणमा १० जनामा र ३७ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हाल संस्थागत आाइसोलेसनमा ३ जना र होम आइसोलेसनमा ७४ जना कोरोनाका संक्रमित रहेका छन् । यस्तै, आइतबार होम आइसोलेसनमा बस्ने ७ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्लाभरी ७७ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।