हेटौंडाः मकवानपुरको ९६ वटा वडामा शनिबार नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार हेटौंडाको दुई वडामा अधिवेशन सम्पन्न भएको थियो । अब ६ वटा वडामा वडा अधिवेशन गर्न बाँकी रहेको एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले जानकारी दिनुभयो । मकवानपुरको हेटौंडा–१९, १६ मा अधिवेशन हुन सकेन । यस्तै ईन्द्रसरोबर गाउँपालिकाको एउटा वडा, कैलाश गाउँपालिकाको ३ वटा वडामा अधिवेशन हुन नसकेको हो ।
शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरको वडा अधिवेशनको भर्चुअल उद्घाटन गर्नुभएको थियो । तर मकवानपुरको हेटौंडा–१९ लगायत अन्य वडाहरुमा सहमति हुन नसक्दा अधिवेशन हुन नसकेको हो । सहमति हुन नसके हेटौंडा–१९ मा भने मतदान हुनसक्ने सम्भावना बढेको छ । हेटौंडा–१६ मा भने कात्तिक १० गते वडा अधिवेशन गर्ने एमाले मकवानपुरका अध्यक्ष लम्सालले बताउनुभयो । यस्तै कैलाश र ईन्द्रसरोबरमा पनि कात्तिक १० गतेभित्र सहमतिमा वडा कमिटी चयन गर्ने उहाँको भनाई छ ।