तस्बिर गुगल

हेटौंडाः करिब ५ दिनदेखि भइरहेको वर्षाका कारण देशभर व्यापक धनजनको क्षति भएको छ । बेमौसमी वर्षा गराइरहेको मौसमी प्रणाली अहिले निस्कृय बन्दै गइरहेको भए पनि सामान्य बदली कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षासमेत भएको छ ।

नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।