हेटौंडाः हेटौंडा अस्पतालमा १५ दिनको अवधिमा १ सय ४० जना महिलाले प्रसुति गराएका छन् । अस्पतालमा दशैंको घटस्थापनादेखि आज शुक्रबारसम्म १ सय ४० जना महिलाले अस्पतालमा आएर बच्चा जन्माएको हेटौंडा अस्पताल प्रसुतिगृहका सिनियर स्टाफ नर्स देवकी खतिवडाले जानकारी दिनुभयो ।

बिहीबार रातिदेखि शुक्रबारसम्म अस्पतालमा १३ जना महिला प्रसुति गराउन भर्ना भएकामा ५ जनाको प्रसुति सामान्य तरिकाले भएको र ५ जनाको शल्यक्रियामार्फत् प्रसुति गराइएको अस्पतालले जनाएको छ । यस्तै ३ जनाको प्रसुति हुन बाँकी रहेको खतिवडाले जानकारी दिनुभयो ।