हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्टलाई हेटौंडामा सम्मान गरिएको छ । शुक्रबार सचेत नागरिक युवा समुह र सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी उपकेन्द्रले संयुक्त रुपमा मकवानपुरे फुटबल खेलाडी अन्जनलाई सम्मान गरेको हो ।

गत शनिबार सम्पन्न साफ च्याम्पियनशिप फुटबबल प्रतियोगितामा नेपाललाई दोस्रो स्थानमा पु¥याउन उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अन्जनलाई सम्मान गरिएको हो । फाइनल खेल खेल्न नपाएपनि अन्जनले समुह चरणको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनशिपको फाइनलमा पु¥याएका थिए । अन्जनले देशलाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको र उनको खेलले गर्दा हामीहरु मकवानपुरे नागरिक हौं भन्न गर्व अनुभव भएको सचेत नागरिक युवा समुहका अध्यक्ष शिव नारायण श्रेष्ठले बताउनुभयो ।

सम्मान ग्रहणगर्दै अन्जनले यस प्रकारको सम्मानले आफु लगायत पुरै टिमलाई नै थप हौसला मिलेका बताउनुभएको छ । साथै आगामी पिठीहरुलाई पनि फुटबल खेल्न प्रेरणा मिलेको भन्दै आफुले आगामी दिनमा अझै राम्रो खेल प्रदर्शन गर्दै नेपाली फुटबललाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अन्जन विष्टका बुवा राजु विष्टलाई समेत सम्मान गरिएको थियो । यस्तै साफ फुटबलमा सहभागी नेपाली राष्ट्रिय टिमका अर्का मकवानपुरे खेलाडी सुनिल बललाई समेत सम्मान गर्ने योजना रहेपनि सुनिल काठमाडौं रहेका कारण उनलाई अर्को पटक सम्मान गरिने सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी उपकेन्द्र हेटौंडाका अध्यक्ष प्रदिप कंडेलले जानकारी दिनुभयो ।