हेटौंडाः हेटौंडा वडा नम्बर १७ मा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । लक्ष्मण खुलालको अध्यक्षतामा भएको नयाँ कार्यसमिति चयन भएको हो ।

नगरमा ४१ सदस्य र गाउँपालिकामा ३१ सदस्य वडा कमिटी निर्माण हुने एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म हेटौंडा ६ मा पनि एमालेको वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडा नम्बर ६ मा विश्व राईको अध्यक्षतामा नयाँ वडा कमिटी चयन भएको छ । मकवानपुरको अन्य सबै वडाहरुमा भने भोली शनिबार मात्रै अधिवेशन हुनेछ ।