हेटौंडाः मकवानपुर प्रहरीले ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको विभिन्न मितिको फैसलाले कैैद तथा नगद भुत्तान नगरी फरार रहेका फरार प्रतिवादीहरुलाई फरक–फरक स्थानबाट पक्राउ गरेको होे ।
जिल्ला अदालत मकवानपुरको २०७८ बैशाख १६ गतेको फैसलाले चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवाना भुत्तान नगरी फरार रहेका हेटौंडा–१२ का ३ जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय उमेश बिक, २२ बर्षीय श्याम बिक, २२ बर्षीय हरि बिकलाई रहेका छन् । उनीहरुलार्ई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा–१२ बाट पक्राउ गरेका हुन् । पक्राउ परेका तीनै जनालाई बिहिबार आवश्यक कारवाहीको लागी जिल्ला अदालत मकवानपुर उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुुभयो ।
यस्तै जिल्ला अदालत मकवानपुरको २०६८ चैैत २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना ३ दिन कैद र २ हजार रुपैया जरिवाना तोकिएका फरार प्रतिवादी हेटौैंडा–१९ नेवारपानीका ३१ बर्षीय लक्ष्मण बहादुर गोलेलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ बाट पक्राउ गरेको हो । पक्राउ गरेकोे गोेलेलाई आवश्यक कारवाहीको बिहिबार जिल्ला अदालत मकवानपुर उपस्थित गराएको जनाएको छ ।
यस्तै, जिल्ला अदालत मकवानपुरको मिति २०७६ मंसिर १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ४ महिना ३ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौैंडा–१५ का २४ बर्षीय प्रदिप प्रजालाई प्रहरीले पक्राउ गरेको छ । प्रजालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौैंडा–१५ बाट पक्राउ गरेको हो । प्रजालाई आवश्यक कारवाहीको लागि बिहिबार जिल्ला अदालत मकवानपुर उपस्थित गराएको प्रहरीले जनाएको छ ।
यस्तै बैदेशिक रोजगार न्यायाधिकरणको २०७६ बैैशाख १७ गतेको फैसलाले बैदेशिक रोजगार ठगि मुद्धामा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुरको मनहरी–३ हाँडीखोलाका ४९ बर्षीय कुमार प्रसाद पौडेललाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी–३ बाट पक्राउ गरेकोे हो । उनलालाई आवश्यक कारवाहीको लागि बिहिबार जिल्ला अदालत मकवानपुर उपस्थित गराएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला अदालत मकवानपुरको २०७७ चैत ९ गतेको फैसलाले लागुऔषध मुद्धामा ७ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–१५ का ५८ बर्षीय राम बहादुर बललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौैंडा–१५ बाट पक्राउ गरेकोे होे । पक्राउ परेका बललाई आवश्यक कारवाहीको लागि बिहिबार जिल्ला अदालत मकवानपुर उपस्थित गराएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला अदालत मकवानपुरको २०७७ फाल्गुन २६ गतेको फैसलाले लागुऔषध मुद्धामा १ बर्ष ११ महिना ७ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरगढी–४ का ६८ बर्षीय बिष्णु लाल रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी–४ बाट पक्राउ गरेकोे हो । बललाई आवश्यक कारवाहीको लागि बिहिबार जिल्ला अदालत मकवानपुर उपस्थित गराएको प्रहरीले जनाएकोे छ ।