हेटौंडाः ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने मकवानपुरको मनहरी–६ का ४३ बर्षीय होटल सञ्चालक भरत कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजेको समयमा कार्कीसहित ग्याँस बोक्ने एनएल 01 Pg 0131 नम्बर गाडीका चालक चुन कुमार कार्की र युपी-70 बीटी 9996 नम्बर गाडीका चालक बिपिन कुमारलाई नियन्त्रणमा लिएकोे थियोे ।
कार्कीलाई बुलेट ग्यास ट्यांकी चालकहरुसंग समन्वय गरी गाडीबाट ग्यास सिलिण्डरमा ग्यास भरी बेच्ने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट हटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कार्कीको होटलबाट बिभिन्न कम्पनीको १८ थान खाली सिलिण्डर र भरेको १३ थान सिलिन्डर पनि नियन्त्रणमा लिएकोे जिल्ला प्र्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । पक्राउ परेका कार्कीसहित गाडी चालक र सिलिन्डरहरु नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।