हेटौंडा : मकवानपुरमा बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जनामा गरिएको पिसीआर परिक्षणमा ८ जनामा र ३२५ जनामा गरिएको एन्टिजेन परिक्षणमा ४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना र थाहा नगरपालिकाका २ जना रहेका छन् । यस्तै, बुधबार होम आइसोलेसन बस्ने कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्ला भरी ६२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।