हेटौंडाः मकवानपुरमा मंगलबार १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४२ जनामा पीसीआर परिक्षणमा गर्दा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका १० जना रहेका छन् । यस्तै थाहा नगरपालिकाका २ जनामा र मनहरी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएका छन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ३ सय २३ जना पुगेको छ । जिल्लामा हाल ५३ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये ४९ जना होम आइसोलेसनमा र ४ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।
जिल्लामा यहि अवधिमा ६ जना कोरोना संक्रमणबाट मुक्त भएको छ । होम आइसोलसनमा बस्ने ६ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या १५ हजार ४३ जना पुगेका छन् । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएन । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण १ सय ६५ जनाले ज्यान गुमाइसकेका छन् ।