हेटौंडा : मकवानपुरमा सोमबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५४ जनामा गरिएको पिसीआर परिक्षणमा १३ जनामा र ११ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकाका ९ जना रहेका छन् । यस्तै, मकवानपुरगढी गाउँपालिकाका १ जना, भिमफेदी गाउँपालिकाका १ जना , बकैया गाउँपालिकाका २ जना रहेका छन् । हाल मकवानपुरमा ४६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यस्तै सोमबार होम आइसोलेसनमा बस्ने ७ जना र संस्थागत आइसोलेसनमा बस्ने १ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् ।