Home मुख्य समाचार बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास हुने

बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास हुने

हेटौंडाः नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा बागमती प्रदेशको सरकार गठनको प्रयास गर्ने भएको छ । आज हेटौंडामा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको सचेतक छिरिङ दोर्जे लामाले बताउनुभयो ।

उहाँका अनुसार पार्टीको केन्द्रमा र प्रदेशको अन्य विपक्षी दलहरुसँग छलफल गर्न संसदीय दलको नेता इन्द्र बानियाँलाई जिम्मेवादी दिइएको छ । यसअघि बानियाँ प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा रहेको थिए । तर केन्द्रमा बनेको गठबन्धनले बागमती प्रदेशको नेतृत्व नेकपा एसले पाउने निर्णय गरिसकेको छ ।

गठबन्धनको आधिकारी निर्णय हालसम्म पनि प्रदेशको संसदीय दलमा नआएको कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिनुभयो । बागमती प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने उहाँको भनाई छ । बागमती प्रदेशमा नेपाली कांग्रेसको २२ सांसद छन् । प्रदेशको सुरुवाती चरणबाट कांग्रेस प्रमुख विपक्षी दलको हैसियतमा प्रदेश सभामा बसेको थियो । बागमती प्रदेशमा कांग्रेस, समाजवादी र माओवादीको गठबन्धन अझै बनेको छैन । बागमती प्रदेशमा नेपाली कांग्रेस र एमाले मिलेर प्रदेशको नेतृत्व गर्ने चर्चा सुरु भएको छ ।

Exit mobile version