Home मुख्य समाचार मुख्यमन्त्रीले विश्वासको मत आज लिने वा नलिने टुंगो लगाउँदै

मुख्यमन्त्रीले विश्वासको मत आज लिने वा नलिने टुंगो लगाउँदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य


हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने या नलिने केहीबेरमा टुंगो लाग्ने भएको छ । केहीबेरमा बस्ने प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै विश्वासको मत लिने या नलिने टुंगो लगाउने भएको हो ।

आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएपनि दलहरुको बैठकको कारण १ बजे बस्ने भएको थियो । दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्दैछ ।

कार्यव्यवस्था परामर्श समितिले बैठकको कार्यसूचि तय गर्नेछ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव टेबल गर्ने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले बताउनुभयो । त्यसपछि थप छलफल भने सभामुखले कार्यव्यस्था परामर्श समितिसँग लिएको परामर्श अनुसार नै अघि बढ्ने उहाँले बताउनुभयो ।

Exit mobile version