हेटौंडाः हेटौंडाको नारायणी मलमा विश्वविख्यात विभिन्न ब्राण्डका जुत्ता, कपडाका शोरुम सञ्चालनमा आएको छ । नारायणी मलका मालिककै लगानीमा घटनस्थापनाको अवसरमा बिहीबार नारायणी मल्टि ब्राण्ड सप सञ्चालनमा आएको हो ।

मल्टि ब्राण्ड सपमा अहिले एडिडास, लिभाइज, रिबुक, अण्डर आर्मर, एसिक्स, स्लेजिन्जर ब्राण्डका कपडा तथा जुत्ताहरु राखिएका छन् । प्रदेशको राजधानी भएसँगै उपभोक्ताहरुमा गुणस्तरीय र विश्वविख्यात ब्राण्डप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखेर विभिन्न ब्राण्डका लत्ताकपडा र जुत्ता, चप्पलको शोरुम सञ्चालनमा ल्याइएको सञ्चालक नवराज आचार्यले जानकारी दिनुभएको छ ।

उद्घाटन एवम् दशैंको अवसर पारेर ५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको आचार्यले बताउनुभयो । विश्वविख्यात ब्राण्डका सामग्रीको मूल्य केही बढी देखिए पनि प्रयोग गर्दा हुने सहजता र टिकाउका कारण उपभोक्ताले स्वभाविक महसुस गर्ने विश्वाससहित शोरुम सञ्चालनमा ल्याइएको दावी आचार्यको छ ।