फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब केन्द्रबाट सोमबार २६ जनाको स्वाब नमूना संकलन भएको छ । १५ जना पुरुष र ११ जना महिलाको स्वाब नमूना संकलन भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

संकलन भएका स्वाब नमूना कोरोना परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ ।