हेटौंडा : मकवानपुरमा बिहीबार ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
४७ जनामा गरिएको पिसीआर परिक्षणमा १ जनामा र ३६६ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जना गरी ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ जना र थाहा नगरपालिकाका ३ जना रहेका छन् ।
हाल संस्थागत आइसोलेसनमा ७ जना र होम आइसोलेसनमा १६३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । यस्तैं, बिहीबार होमआइसोलेसनमा बस्ने १९ जना र संस्थागत आइसोलेसनमा बस्ने ३ जना कोरोना संक्रमित कोरोना मुत्त भएका छन् । हाल जिल्लाभरी १७० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।