हेटौंडा : हेटौंडामा आज ३३ जनाको स्वाब नमूना संकलन भएको छ ।
१४ जना महिला र १९ जना पुरषको स्वाब नमूना संकलन भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिनुभयो । उनीहरुको स्वाब नमूना कोरोनाको पीसीआर परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालमा पठाइएको छ ।