हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा ५ जना कोरोनाका संक्रमितहरु एचडियू कक्षमा उपचाररत छन् । गएराति ४ जना संक्रमित एचडियूमा थप भर्ना भएको अस्पतालको कोभिड फोकल पर्सन डा. प्रशान्त बिडारीले जानकारी दिनुभयो ।

उनीहरु मध्ये १ जना बालबालिका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्थामा सामान्य छ । पछिल्लो समय कोरोना भाइरस विरुद्धको खोप धेरैले लगाएकोले अस्पतालको आइसोलेसनमा संक्रमितहरुको संख्या घटेको उहाँले बताउनुभयो ।