Home मुख्य समाचार प्रदेश मातहत प्रदेश प्रहरी आउँछः मन्त्री शाक्य

प्रदेश मातहत प्रदेश प्रहरी आउँछः मन्त्री शाक्य

हेटौंडाः बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजय क्रान्ति शाक्यले प्रदेशको मातहतमा प्रदेश प्रहरी आउने बताउनुभएको छ । उहाँले त्यसको लागि केन्द्र सरकारसँग आफूले लबिङ गरिरहेको बताउनुभयो । बागमती प्रदेश प्रहरी अहिले प्रदेश सरकारको मातहतमा आइसकेको छैन । यस्तै प्रहरीको समायोजनसमेत हुन सकेको छैन ।

बागमती प्रदेशको १३ जिल्लामध्ये उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा व्यवस्था केन्द्र सरकारले नै हेर्दै आएको छ । बाँकी प्रदेशको १० जिल्लाको शान्ति सुरक्षा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट हुँदै आएको छ ।

केन्द्र सरकारले उपत्यकाको सुरक्षा आफू मातहतमा राखेपनि प्रदेश मातहतमा ल्याउन पहल गर्ने मन्त्री शाक्यले बताउनुभयो । उहाँले प्रदेश सुरक्षा समितिको बैठक बसेर प्रदेशको शान्ति सुरक्षा चुस्त बनाउन प्रदेश प्रहरीलाई निर्देशनसमेत दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री डा. शाक्यले आगामी निर्वाचनपछि मात्रै प्रहरी समायोजन अघि बढ्ने देखिएको बताउनुभयो ।

Exit mobile version